काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीको बिदाइ
२०८० असोज १९ गते

काठमाडौँ । श्रीलङ्कामा हुने काभा पुरुष भलिबल च्यालेन्ज कपमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरिएको छ ।
शुक्रवार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरूको बिदाइ गरिएको हो ।
अर्को हप्तादेखि कोलम्बोमा सुरु हुने प्रतियोगितामा नेपालसहित श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, अफगानिस्तान, साउदी अरब, तुर्किमिनिस्तान र उज्वेकिस्तान समावेश छन् ।
श्रीलङ्कामा पहिलो पटक हुन लागेको भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सेन्ट्र एसिया भलिबल एशोसिएशन काभाको अनुरोधमा सम्भव भएको हो ।
नेपालले अक्टोबर ९ मा बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
अक्टोबर १० मा श्रीलङ्कासँग, अक्टोबर ११ मा अफगानिस्तानसँग, अक्टोबर १३ मा साउदी अरबसँग, अक्टोबर १३ मा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेको छ ।
२०८० असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








