एमाले कोशी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि राति १० बजेपछि मतदान सुरु
२०८० असोज १४ गते

नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
आइतबार राति १० बजेपछि मतदान सुरु भएको हो। शुक्रबारदेखि सुरु भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
कोशी प्रदेशको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गरेका छन्।
सहमतिको प्रयास गरेपनि दुबै नेताहरु पछि नहटेपछि निर्वाचनबाटै अध्यक्ष छिनोफानो हुने अवस्था बनेको हो ।
ढकालको समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन्।
खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन्।
एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन्।
२०८० असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








