माल्दिभ्सविरुद्ध नेपालको खराब सुरुवात, शीर्ष चार विकेट गुमायो

काठमाडौँ । माल्दिभ्सविरुद्ध नेपालले शीर्ष चार विकेट गुमाएको छ । एसियन गेम्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले दुवै ओपनरसहित विनोद भण्डारीलाई गुमाएको छ ।

नेपालका कुसल भुर्तेलले ३५ रन बनाएर आउट भएका छन् भने विनोद भण्डारीले १३, असिफ सेख ६ रन तथा सन्दीप जोरा ५रन बनाएर आउट भएका थिए । अहिले गुलशन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =