माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, करण केसीलाई विश्राम

काठमाडौँ । नेपालले चीनमा जारी १९औँ एसियन गेम्समा टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
यस खेलमा नेपालका तीव्र गतिका बलर करण केसीलाई आराम दिइएको छ भने उनको ठाउँमा विकेटकिपर विनोद भण्डारीलाई खेलाइएको छ ।
मालदिभ्सले भने आफ्नो दोस्रो रोजाइको टिम एसियन गेम्समा पठाएको छ । मालदिभ्सको आजै टी-२० विश्वकप छनौटको खेल रहेकाले एकै दिन दुई खेल खेल्नुपर्ने भए पछि एसियन गेम्सका लागि दोस्रो रोजाइको टिम पठाएको हो ।
मालदिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो भने नेपालले मंगोलियालाई कीर्तिमानी २७३ रनको जित हासिल गरेको थियो । यस खेलको विजेता देश क्वाटरफाइनलमा पुग्ने छ ।
नेपालको प्लेइङ एघार: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।








