एसियाली खेलकुद

नेपालको ३ विश्व कीर्तिमान : कुशलले हाने ३४ बलमा शतक, दीपेन्द्रको ९ बलमै अर्धशतक

पोखरा ।  नेपाली क्रिकेटर कुशल मल्लले टी-२० क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । चीनमा जारी १९ औँ एसियाली खेलकुद अन्तरगत भएको प्रतियोगितामा मल्लले ३४ बलमै शतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । उनले ५० बल खेलेर १ सय ३७ रन जोडे । कुशलले १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा शतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने ३१ बलमै शतक पुरा गरेको इतिहास छ । दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध ३१ बलमा शतक पुरा गरेका थिए ।

कुशलले मात्रै होइन, यो खेलमा नेपालले पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपालले टी–२० मा सबैभन्दा बढी स्कोर बनाएर नयाँ रेकर्ड राखेको हो । मंगोलिया विरुद्ध नेपालले ३ सय १४ रन जोड्यो, मात्र ३ विकेटको क्षतिमा । यसअघि टी–२० मा अफगानस्तानले आयरल्याण्ड विरुद्ध सबैभन्दा बढी रन बनाएको रेकर्ड छ । सन् २०१९ मा देहरादुनमा भएको खेलमा अफगानस्तानले ३ विकेटको क्षतिमा २ सय ७८ रन जोडेको थियो ।

यस्तै, दीपेन्द्रसिंह ऐरिले पनि नयाँ रेकर्ड निकालेका छन् । उनले ९ बलको सामना गरेर अर्ध शतक बनाएका हुन् । यसअघि भारतका युवराज सिंहले २००७ मा इङल्याण्ड विरुद्ध खेल्दा १२ बलमा अर्धशतक बनाएका थिए । २०१६ मा क्रिश गेलले १२ बलमै अर्धसत्तक बनाए भने २०१८ मा हजरतुल्लाह जाजाइले पनि १२ बलमा अर्धशतक बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =