कोशीका मुख्यमन्त्रीविरुद्धको रिट मल्ल र माथेमाको संयुक्त इजलासमा
२०८० भदौ १७ गते

काठमाडौं । कोशीका मुख्यमन्त्रीको विश्वासको मतविरुद्ध दायर रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ । मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो ।
मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत लिँदा प्रदेशसभा बैठक अध्यक्षता फेरबदल गरी अध्यक्षता गरेकै प्रदेशसभा सदस्यले समेत मत दिएपछि एमाले संसदीय दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
२०८० भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








