एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप (तस्बिरहरू)
२०८० भदौ ११ गते

काठमाडौं । सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानतर्फ गएका छन् । आइतबार मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान गएका हुन् ।
सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङले बिदाइ गरेका थिए । सन्दीपले पाकिस्तान जानु अघि टिमले अहिले राम्रो प्रदर्शन गरिरहेको र पाकिस्तानमा टिमले अभ्यास खेलमा राम्रो खेलेको बताउँदै एसिया कपमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
एसिया कपमा नेपालले उद्घाटन खेलमा बुधबार भदौ १३ गते पाकिस्तानविरुद्ध खेल्दै छ । त्यस्तै दोस्रो खेल भारतविरुद्ध भदौ १८ गते श्रीलंकामा हुने तालिका रहेको छ । अब सन्दीप अर्को पेसीमा उपस्थित हुनुआगाडी नै एसिया कपका पाकिस्तान र भारतविरुद्धका दुवै खेल खेल्न पाउने भएका छन् ।

२०८० भदौ ११ गते
प्रतिक्रिया
One thought on “एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप (तस्बिरहरू)”
Leave a Reply Cancel reply
सम्बन्धित









तिमि हौ हाम्रो आशा
तिमि हौ हाम्रो भरोसा
अब चैँ बल्ल नेपालले एसिया कप खेल्न लग्यो भन्ने भएको छ,
देशको शिर उच्च राख्नु
नदुखाउनु हाम्रो मन
वि लभ यु नेपालको सान
सन्दीप