मन्त्री बनेको तीन महिनापछि पाए चित्रकारले मन्त्रालय
२०८० भदौ ५ गते

बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले मंगलबार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
तीन महिना बिना विभागीय मन्त्री रहेका चित्रकारलाई मंगलबार उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको हो।
यससँगै बागमतीमा अब १२ मन्त्रालय भएका छन्।
चित्रकारले गत जेष्ठ ७ गते मन्त्री पदको सपथ खाएका थिए। मन्त्रालय भन्दा मन्त्रीको संख्या बढी हुँदा उनी जिम्मेवारीविहिन बनेका थिए।
कांग्रेस संसदीय दलका बागमतीका उपनेता समेत रहेका चित्रकारले मंगलबार नै पदभार ग्रहण गरेका छन्।
२०८० भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








