एमाले अध्यक्ष ओली र नेता भीम रावलबीच भेटवार्ता
२०८० साउन ३० गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच एमाले मुख्यालय च्यासलमा भेटवार्ता भएको छ । लामो समयदेखि दुई नेताबीचको मौनता र वैमनस्यता तोड्दै दुई नेताबीच भेट भएको हो ।
दुई नेताबीचको भेटमा नेकपा एमालेको पार्टी राजनीतिबारे छलफल भइरहेको बताइएको छ । अध्यक्ष ओलीले नेकपा एमालेलाई अझ व्यवस्थित, संगठित र मजबुद बनाएर लाने र रावललाई पार्टीमा जिम्मेवारी दिने विषयमा छलफल अघि बढाएको बुझिएको छ ।
२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








