ग्लोबल टी-२० को प्लेअफ समीकरण पूरा, सन्दीप सम्मिलित सर्रे शीर्ष स्थानमा

काठमाडौँ । क्यानडामा जारी ग्लोबल टी-२० को प्लेअफको समीकरण पुरा भएको छ । ६ टिमले भाग लिएको ग्लोबल टी-२० मा सन्दीप लामिछाने खेलिरहेको सर्रे जागुअर्स शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

भ्यानकोभर नाइट्स दोस्रो भएको छ भने दीपेन्द्र सिंह ऐरी खेलेको टिम मोन्ट रियल टाइगर्स तेस्रो हुँदै प्लेअफमा पुगेको छ । ब्रम्प वोल्भ्स चौथो हुँदै प्लेअफमा पुगेको छ । टोरन्टो नेशनल्स र मिसिसाउगा प्यान्थर भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब पहिलो इलिमिनेटरमा शुक्रबार सर्रे जागुअर्स र भ्यानकोभर नाइट्स भिड्ने छन् । यस खेलको विजेता सिधै फाइनलमा जाने छ भने पराजित हुने टिमले क्वालिफायर खेल्न पाउने छ । त्यस्तै दोस्रो इलिमिनेटरमा मोन्टरियल र ब्रम्पटन वोल्भ्स खेल्ने छन् भने यस खेलको विजेताले क्वालिफायरमा खेल्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =