सन्दीपको उत्कृष्ट प्रदर्शनमा सर्रेको सानदार जित

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० मा नेपाली स्पीनर सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गएराती सम्पन्न खेलमा सर्रे जगुअर्सको मिस्सीस्साउगा प्यान्थर्सविरुद्धको खेलमा सन्दीपले ३ विकेट लिँदै टिमलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

सर्रेले दिएको १६५ रनको लक्ष्य पछाएको प्यान्थर्स १७ ओभरमा १०९ रन मात्र बनाएर अल आउट भएपछि सर्रेले खेल ५५ रनले जितेको हो । खेलमा सन्दीपले ३ ओभर बलिङ गरेर १८ रन दिँदै महत्त्वपूर्ण ३ विकेट लिएका थिए । सन्दीपले जारी ग्लोबल टी-२० मा अहिलेसम्म ४ खेलमा सात विकेट लिएका छन् ।

यस अघि सर्रेले पहिला ब्याटिङ गरेर २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । सर्रेको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि ४ खेलमा ५ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =