कालीमाटीमा किसानहरुको धर्ना (भिडिओ)

राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ ।

बिहीबार बिहान सञ्चालले कार्यालय अघि भेला भई धर्ना दिएको हो । उनीहरूले बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिस्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए । उनले सरकारले किसानको हक हीतबिरुद्धका नीतिहरू बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिए । उनले मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपु¥याउन चेतावनी दिए ।

उनी भन्छन्, ‘कृषि क्षेत्रको आन्दोलन सुरु भएको छ, हामी सशक्त रूपमा अघि बढ्नेछौँ । कृषि क्षेत्र विपरीत नीतिहरू ल्याउन पाइँदैन । किसानहरूलाई क्षतिपूर्ति दिन सरकारले लापरबाही गरेकाप्रति आन्दोलित हुनुहुन्छ । मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नलगियोस् ।’

उनीहरूले बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिस्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् ।

भिडिओ:

कालीमाटीमा किसानहरुको धर्ना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eleven =