खोटाङका सीडीओ भोजराज खतिवडा निलम्बित

खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडा निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरे लगतै गृहमन्त्रालयले उनलाई निलम्बन गरेको हो।

उनलाई निलम्बन गरेर सहायक प्रमुख जिल्ला अधिकारीलाई कार्यवाहक जिम्मेवारी दिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले बताए।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं। १० विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय ९ङ० बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै खतिवडासहित अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिमको सजाय गरी बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९९२० बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ’, आयोगको आरोप पत्रमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =