सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे उकालोमा बा.४ ख ७४११ नम्बरको गाडीमुनी बा.६४ प ४९३२ नम्बरको मोटरसाइकल पसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं बालुवाटार बस्ने २३ वर्षीय शिव सुन्दर गजुरेलको मृत्यु भएको छ ।

आइतबार बिहान दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित पिपुल्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =