ललिता निवास जग्गा प्रकरण : मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा प्रकाउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा पुन: पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले उनलाई पक्राउ नगर्न भनि दिएको यसअघिको आदेश खारेज भएसँगै सीआईबीले पक्राउ गरेको एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।

देउजालाई सीआइृबीले असार १२ गते पनि पक्राउ गरेको थियो। तर सर्वोच्चबाट पक्राउ नगर्नु भन्ने अन्तरिम आदेश लिएका कारण उनलाई छाड्नु परेको थियो। त्यो अन्तरिम आदेश सर्वोच्चले शुक्रबार खारेज गर्यो।

आदेश खारेज भएसँगै सीआईबीले पुनः पक्राउ गरेर अनुसन्धान गर्न बाटो पाएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =