नेपालले गुमायो आठौँ विकेट, गुल्शन १३ रनमा आउट

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान ए विरुद्ध खराब सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएको हो ।

नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भीम सार्की ०, अर्जुन साउद १७, वन सरार्फ १, कुशल मल्ल १७, गुल्शन झा १३ रन बनाएर आउट भएका छन् । पाकिस्तानको गति सामु नेपालको शीर्षक्रम धरासयी बनेको हो ।

यो समाचार तयार गरुन्जेल नेपालले १५.४ ओभरमा ८ विकेट गुमाएर ७२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =