पाकिस्तानविरुद्ध ३७ रन बनाउँदा नेपालको आधा टिम पभेलियन फर्क्यो
२०८० असार २९ गते

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान ए विरुद्ध खराब सुरुवात गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले सुरुवाती पाँच विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भीम सार्की ०, अर्जुन साउद १७ रन बनाएर आउट भएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ७.५ ओभरमा ५ विकेट गुमाएर ३७ रन बनाएको छ ।
२०८० असार २९ गते
प्रतिक्रिया
सम्बन्धित








