हिरासतमा बन्यो लुटेराकाे दोस्ती, ८ वटा सिक्रि लुटेपछि फेरि फन्दामा

काठमाडौँमा असारमा मात्रै ८ वटा सिक्री लुटपाटमा संलग्न ४ जना र सिक्रि किन्ने एक जना गरी ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोर्निङ वाकमा निस्केका महिलाहरुलाई लुटेराले तार्गेटमा पार्ने गरेका थिए।

‘केटिएम डुक’ मोटरसाइकल चढेर लुट्ने र हरेक घटनापछि मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने गरेको खुलेको छ। उनीहरुले सुरुमा निगरानी गर्ने र पछि लुट्ने अनि भाग्ने गरेका छन्। सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएर चाबहिल बस्ने रवि विश्वकर्मा मोटरसाइकल चलाउँछन् । मोटरसाइकलको पछाडि बस्छन्, रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका ३२ वर्षीय रविन दमाई ।

सिक्री लगाएको यकिन भइसकेपछि रविन मोटरसाइकलबाट झरेर पिछा गर्छन् । नजिकै १८ वर्षीय रवि मोटरसाइकल स्टार्ट गरेर तयारी अवस्थामा बस्छन् । लुटेपछि रविन सोही मोटरसाइकल चढेर भाग्छन् ।

लुटमा संलग्न आरोपमा पक्राउ पर्नेमा काभ्रे घर भएका २६ वर्षीय उमेश क्षेत्री, धनकुटा घर भएर गौशाला बस्ने राहुल माझी र सुन व्यापारी ४२ वर्षीय भारतीय नागरिक श्रीकान्त माइती पनि पक्राउ परेका छन् ।

रविन र उमेश क्षेत्री २०७९ पुसमा सँगै नयाँ बानेश्वर वृत्तको हिरासतमा थिए । सिक्री लुटेको आरोपमा रविन तथा मोटरसाइकल चोरीको आरोपमा उमेश क्षेत्री हिरासतमा पुगेका थिए । त्यहाँ उनीहरुबीच राम्रो सम्बन्ध बनेको थियो। जुन सम्बन्धकै कारण उनीहरुले लुटपाटको योजना बनाए।

बत्तिसपुतलीस्थित राम मन्दिरमा एउटा क्याफेमा उमेशले ‘सेयर’ लगानी गरेका छन्। लुटको ‘योजना’ त्यहीँ बनाएको खुलेको छ। उनीहरुले लुटेको सुन ३० वर्षीय राहुल माझीलाई गाल्न दिन्थे । सुनको काम गर्ने ‘कालीगढ’ राहुल माझीका मामा ससुरा हुन्।

न्यूरोडमा सुन पसल चलाउने श्रीकान्तले लुटेको सुन किनेको खुलेको छ। असार १ गते बिहान ४ः४० बजे काठमाडौं २६ कपुरधारास्थित ४६ वर्षीया रमा पाण्डे मर्निङ वाकमा निस्किएको समयमा लुटिएकी थिइन्। नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले घाँटीमा लगाएको उनको १ तोलाको सुनको सिक्री लुटेर भागेका थिए।

यही असार १ गते नै बिहान ५ः५५ बजे काठमाडौंको टोखा नगरपालिका ६ ग्राण्डी अस्पतालनजिक मर्निङ वाकमा निस्किएकी ४५ वर्षीया सरस्वती खतिवडाको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले लुटेर फररा भएका थिए।

असार ३ गते ५ः५५ बजे काठमाडौंको नागार्जुन नगरपालिका(५ बुद्धचोकस्थित मर्निङ वाकमा निस्किकी ५५ वर्षीया रेखा घिमिरेले घाँटीमा लगाएको सिक्री मोटरसाइकलमा आएका २ अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएका थिए।

यही असार १३ गते बिहान ५ः५० बजे काठमाडौंको टोखा नगरपालिका(३ विष्णुमती पुलनजिक करिब ७० वर्षीया मंगलीमाया डंगोलले घाँटीमा लगाएको सुनको सिक्री २ जना अपरिचित व्यक्तिहरु मोटरसाइकलमा आएर लुटेका थिए।

यही असार १९ गते बिहान ४ः५० बजे काठमाडौंको टोखा नगरपालिका(४ कृष्ण मन्दिरस्थित मर्निङ वाकमा निस्केकी ३४ वर्षीया गंगा राना मगरले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले लुटेर भागेका थिए।

असार १९ गते बिहान ५ः३७ बजे काठमाडौं महानगरपालिका(३ चक्रपथ बगालामुखी मन्दिरनजिक मर्निङ वाकमा निस्केकी ६० वर्षीयाकान्छी श्रेष्ठले घाँटीमा लगाएको आधा तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी भागेका थिए।

असार २० गते बिहान ४ः४५ बजे काठमाडौंको टोखा नगरपालिका(३ शेर्पा पेट्रोल पम्पनजिक मर्निङ वाकमा निस्केकी ४३ वर्षीया रिता श्रेष्ठले घाँटीमा लगाएको पौने १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले लुटेर फरार भएका थिए।

असार २० गते बिहान ५ः४५ बजे काठमाडौं महानगरपालिका(१५ चागल, जनसेवा मार्चस्थित मर्निङ वाकमा निस्केकी ६५ वर्षीया सरस्वती डंगोलले घाँटीमा लगाएको १।२५ तोलाको सुनको सिक्री मोटरसाइकलमै सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाटपछि फरार भएका थिए।

पक्राउ पर्ने पहिलो व्यक्ति काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रामेछापको लिखु गाउँपालिका(१ दुरागाउँका ३२ वर्षीय रबिन दमाई थिए। त्यसैगरी अर्का व्यक्ति थिए सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका २६ वर्षीय उमेश क्षत्री।

त्यसैगरी काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ७ घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३० वर्षीय राहुल माझीलाई पनि प्रहरीले लुटापटको अभियोगमा पक्राउ गरेको छ।

पक्राउ परेका अर्का व्यक्ति छन् धनकुटाको लेगुवा गाउँपालिका ७ घर भई हाल काठमाडौं महामनगरपालिका(९, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी।

यो लुटपाटमा पक्राउ पर्ने अर्का व्यक्ति हुन् भारतको पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला, दासपुर थाना जयरामचोक घर भएर हाल काठमाडौंको न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती पनि छन्।

प्रहरीले ११।२ ग्राम सुनको ढिक्का, सिक्री लुटपाट गर्ने क्रममा प्रयोग भएका २ थान मोटरसाइकल, मोबाइल फोन ६ थान र सुनको ४७ ग्रामको नेक्लेस पनि बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =