आजदेखि एक हप्ता ग्रिन विक मनाउँदै नबिल बैंक

काठमाडौँ । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ । नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो ।
बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गनाले बताए । उनले नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतिलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको बताए ।
उनले नविल बैंकको प्रयासले थुप्रै उपलब्धी हासिल गर्न सफल भएको बताए । उनले नबिल ग्रिन विक कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बिस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य रहेको बताए । उनले बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच बिस्तार गरिरहेको बताए ।
उनले एक साता नबिल ग्रिन विकमार्फत कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्न सहयोग पुग्ने विश्वास लिएको बताए । उनले नविल बैंकको जस्तै सबै बैंकहरुले दिगो बैंकिङ सेवा विस्तार गर्न आवश्यक रहेको बताए । नविल बैंकले नबिल सस्टेनेबल हाउजिङ लोन अन्तर्गत वातावरणमैत्री घर निर्माणमा कर्जा दिने व्यवस्था गरेको बताए । उनले बैंकले हाइड्रोमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको बताए ।
उनले भने ‘नबिल बैंकले विभिन्न सेवा सुविधा दिइराखेकोमा दुई वर्ष अघिदेखि नबिल दिगो बैंकिङ भनेर नयाँ विजनेश शुरु गरेका छौं । दिगो विकासमा संयुक्त राष्ट्रसंघको लक्ष्य अनुसार नै बैंकिङ क्षेत्र दिगो हुनुपर्छ । बैंकका सम्पूर्ण क्रियाकलाप र प्रोडक्टहरु दिगो रुपमा गर्नुपर्छ भन्ने अवधारणाका साथ नविल सस्टेनेबल बैंकिङ सुरु गरौं । आज असार १५ गते राष्ट्रिय धान दिवसका दिनदेखि दिगो बैंकिङ सेवा शुरु गरेका हौं । हामीले यो सेवाको दोस्रो वर्षमा छौं । नबिल बैंकले आजदेखि एक हप्तासम्म नविल ग्रिन विक मनाउँदै छौं । यो हप्ताभरी बैंकले दिगो विकासका विभिन्न कार्यक्रमहरु मनाउँदै छौं । वृक्षारोपण, वातावरण संरक्षण लगायतका कार्यक्रम गर्ने छौं । अन्तिम दिन स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्न नविलले ठाउँ उपलब्ध गराउने छौं । नबिल बैंकले जसरी दिगो बैंकिङ सेवा शुरु गरेको छ अरु बैंकहरुले पनि दिगो बैंकिङ सेवा शुरु गर्न आग्रह छ । विगतमा नबिल बैंकले नबिल महिला उद्यमी कर्जा,कृषि कर्जा लगायतका प्रोडक्ट शुरु गरेका थियौं । अहिले आएर घर कर्जामा पनि यो सुविधा शुरु गरेका छौं । स्वस्च्छ ऊर्जामा विगतदेखि लगानी गरेका छौं । नशिल बैंकले आफ्नो लगानीमा कार्वन फुट पिन उत्र्सजन गर्छ । त्यसको मापन गरेर बैंकले प्यालेन्स सिटमा समेत विवरण दिन्छौं । आगामी दिनमा बैंकको क्रियाकलापबाट कति कार्बन फुट पिन उत्सर्जन भयो र कति सेभ गरौं भन्ने कुरा जानकारी गराउने छौं । यसले वातारवरण संरक्षणमा ठूलो सहयोग पुग्ने अपेक्षा राखेका छौं ।’
नविल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउनुको उद्देश्य दिगो विकासका लक्ष्य पूरा गर्नको लागि बैंकको भुमिका निर्वाह गर्ने भएको बताए । उनले बैंकिङ सेवा शहर केन्द्रित मात्रै नभएर ग्रामिण क्षेत्र केन्द्रित भएर गर्नु आवश्यक रहेको बताए । उनले मुलुकको माइक्रो इकोनोमीको तथ्याङ्कहरु घट्दै गएको भन्दै यसमा बैंकहरुले खेल्नुपर्ने भुमिका खेल्न नसकेको स्पष्ट देखिएको बताए । उनले बैंकहरुबाट देशभरका विभिन्न क्षेत्रमा लगानी भएपनि परिणाम मुलुकको आर्थिक वृद्धिसँग मेल नखाएको बताए ।
उनले मुलुकको आर्थिक वृद्धि गिरावटमा गएपनि बैंकको लगानीमा भने वृद्धि भइरहेको बताए । उनले े बैंकहरुले वास्तविक अर्थतन्त्रलाई सहयोग गर्नेगरी बैंकिङ सेवा अगाडि नबढेको बताए । उनले नविल बैंकले शुरु गरेको नबिल सस्टेनेबल बैंकिङ योजनाले वास्तविक अर्थतन्त्रलाई सर्पोट पर्नेतर्फ नविल बैंक मोडिएको बताए । उनले नविल बैंकले सबैभन्दा बढी उत्पादनशिल क्षेत्रमा प्राथमिकता दिएर बैंकिङ सेवा दिएको बताए ।








