आसिफ र सोमपालको वरियता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपाल यथावत रहेको छ । नेपालका ओपनर आसिफ शेख र सोमपाल कामीले सुधार गरेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल १४ औं स्थानमा यथावत छ । नेपालले यसैसाता आइसिसी विश्वकप छनोटमा चार मध्य तीन खेलमा हार व्यहोरेपनि वरियतामा यथावत रहेको हो । नेपाल ३८ खेलमा ३५ रेटिङ अंकका साथ १४ औं स्थानमा छ ।

नेपाल भन्दापछि ३४ रेटिङ अंकका साथ नेदरल्यान्ड्स १५ औं स्थानमा छ । अमेरिका र नामिबिया समान २९ रेटिङ अंकका साथ १६ औं र १७ औं स्थानमा छन् । ओमान २५ रेटिङ अंकका साथ १८ औं, युएई १४ रेटिङ अंकका साथ १९ औं र पपुवा न्युगिनी ४ रेटिङ अंकका साथ पुछारमा छ ।

नेपाल भन्दा अघि आयरल्यान्ड ४० रेटिङ अंकका साथ १३ औं, स्कटल्यान्ड ४८ औं रेटिङ अंकका साथ १२ औं र जिम्बावे ५७ रेटिङ अंकका साथ ११ औं स्थानमाछ । अष्ट्रेलिया शीर्ष, पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो, इंग्ल्यान्ड पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं र वेस्टइन्डिज १० औं स्थानमा छन् ।

ब्यक्तिगततर्फ आडिआईको ब्याटिङ वरियतामा नेपालका कप्तान रोहित पौडेल ७० औं स्थानमा यथावत छन् । आसिफ शेखले एक स्थान सुधार गर्दै ७२ औं स्थानमा उक्लिएका छन् । नेपालका अन्य ब्याटर भने शीर्ष १ सय वरियता भित्र छैनन्।

त्यस्तै बलिङतर्फ सोमपाल कामीले एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन् । बलिङतर्फ दीपेन्द्रसिंह ऐरी ५९ औं, स्पिनर सन्दीप लामिछाने २९ औं, करण केसी ९२ औं र ललित नारायण राजवंशी ९६ औं स्थानमा छन्।

नेपालले आइसिसी विश्वकप छनोटमा जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटको हार व्यहोरेको थियो । त्यसैको कारण सुपर सिक्समा पुग्न सकेन । नेपालले अमेरिकालाई भने ६ विकेटले हराएको थियो।

आइतबार नेपालले प्लेअफ खेलमा युएईसँग खेल्नेछ। विजयी भएमा सातौं स्थानको लागि आयरल्यान्ड र अमेरिकाबीचको खेलको विजेता टोलीसँग खेल्नेछ । पराजित भएमा अमेरिका र आयरल्यान्डबीचको खेलको पराजित हुने टोलीसँग नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 10 =