एसिसी यू-१६ इस्टर्न जोन कप

नेपालले थाइल्यान्डलाई २ सय २५ रनले हरायो

काठमाडौँ । नेपालले मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा थाईल्यान्डमाथि सानदार जित निकालेको छ । सम्पन्न खेलमा नेपालले थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको हो ।

योसँगै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ७० रनको विजयी लक्ष्य पछ्याएको थाईल्यान्ड १३.२ ओभरमा ४४ रनमा अल आउट भयो । त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो ।

समूह ‘ए’मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ‘ए’को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । समूह ‘ए’बाट नेपाल र मलेसिया दुवै सेमिफाइनलमा पुगेका छन् । नेपालले मलेसियासँग शुक्रबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =