नेपालले थाईल्यान्डलाई दियो २७० रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाईल्यान्डलाई २७० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपलाले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको छ ।

नेपालका लागि निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाए । यस्तै नरेन भट्टले ४३ बलमा ५५ र सूर्यांशुले ५५ बलमा ४० रन बनाए ।

नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुग्ने छ । थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =