विश्वकप क्वालिफायरमा प्लेअफ खेल्ने टिमको समीकरण तय, कोसँग खेल्दैछ नेपाल ?

काठमाडौँ । नेपालले जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको प्लेअफमा युएईसँग खेल्ने भएको छ । युएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपालसँग भिड्ने भएको हो ।

नेपाल समूह ए को चौथो र युएई समूह बी को पुछारमा रहँदै प्लेअफमा भेट भएका हुन् । खेल २ जुलाईमा हुनेछ । नेपाल ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ समूह ए मा चौथो स्थानमा छ। युएई समूह बी मा चारै खेलमा पराजित हुँदै पुछारमा छ।

अर्को प्लेअफमा समूह ए को पुछारमा रहेको अमेरिका र समूह बी को चौथो स्थानमा रहेको आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। आयरल्यान्ड र अमेरिकाबीचको खेल ३० जुनमा हुनेछ अमेरिका समूह ए मा सबै खेलमा हारका साथ पुछारमा थियो । आयरल्यान्ड ४ खेलमा ३ मा हार र १ मा जितकासाथ २ अंक जोड्दै चौथो स्थानमा छ।

यी दुई प्लेअफका विजेता टोलीले सातौं स्थानको लागि ४ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा पराजित हुने दुई टोलीले नवौं स्थानको लागि ६ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् ।

समूह ए बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्टइन्डिज तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । समुह बी बाट श्रीलंका शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेका छन् । सुपर सिक्सका शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =