एक सय रन पूरा नगर्दै नेपालले गुमायो ५ विकेट, १२ रनमै आउट भए कुशल

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध नेपाल दबाबमा परेको छ।

लगातार विकेट गुमाउँदा नेपालको इनिङ धरापमा परेको हो। १९ बल खेलेका कुशल १२ रन जोडेर लामो सट खेल्न खाज्दा क्याचआउट हुन पुगे।

नेपालले चौथो विकेटमा भीम सार्कीलाई २ रनमा गुमाएको थियो।

आरिफ शेखले रन जोड्नै नसक्दा कुशल भुर्तेल पनि २७ रनमा आउट भएका थिए।

४ बल खेलेका आरिफ ६ रन जोडेर पेबेलियन फर्किए।

२६ ओभरको खेल सकिँदा नेपाल ५ विकेटका क्षतिमा ९२ रन जोडेर खेलिरहेको छ।

नेपालका लागि अहिले कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी क्रिजमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =