नेपालको लगातार विकेट पतन, आरिफ पनि आउट

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। यसअघि दुवै ओपनरलाई गुमाएको नेपालले आरिफ शेखलाई पनि सस्तैमा गुमाएको हो।

४ बल खेलेका आरिफ ६ रन जोडेर पेबेलियन फर्किए।

यसअघि तेस्रो ओभरमा आशिफ शेखलाई गुमाएको नेपालले १५ औं ओभरमा कुशल भुर्तेललाई पनि गुमाएको थियो।

१७ औं ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा ५८ रन बनाएको छ।

अहिले नेपालका लागि कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =