नेदरल्याण्डसको सामना गर्दै नेपाल, सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत अन्तर्गत नेपाल र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । खेल जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो १२: ४५ बजेदेखि हुने भएको हो ।

नेपाल क्वालिफायरको सुपर सिक्समा छनौट हुन यो खेल जित्नै पर्ने अवस्थामा छ । यसअघि खेलेका तीन खेलमा २ हार बेहोरेको नेपालले यो खेल जितेमा सुपर सिक्सको सम्भावना कायम रहने छ । त्यसपछि नेपालको सुपर सिक्सको यात्राको टुंगो नेदरल्याण्डस र वेस्टइण्डिजबीच सोमबार हुने खेलपछि लाग्ने छ ।

त्यस्तै नेदरल्याण्डसले यो खेल जितेमा भने सुपर सिक्समा छनौट हुने छ र नेपाल बाहिरिने छ । नेदरल्याण्डसले यसअघि खेलेका दुई मध्ये एक खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म दुई एकदिवसीय खेल भएका छन् । नेपालले आफ्नो पहिलो एकदिवसीय खेलनै नेदरल्याण्डसविरुद्ध खेलको थियो । एकदिवसीय मान्यता पाएपछि नेपालले आफ्नो पहिलो खेल २०१८ को अगस्त १ मा नेदरल्याण्डसविरुद्ध खेलेको थियो र सो खेल नेदरल्याण्डसले जितेको थियो । सोही सिरिजको दोस्रो खेल भने नेपालले जितेको थियो ।

विश्वकप क्वालिफायर खेल्ने १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् भने समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।  प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

नेपाली टिम: रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =