एसिया कपमा नेपाल भारत र पाकिस्तानकै समूहमा

एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना हुने भएको छ।

एसियन क्रिकेट काउन्सिल एसीसीले सञ्चालन गर्ने प्रतियोगिता असार २९ देखि साउन ७ गतेसम्म आयोजना हुने पक्का भएको हो।

प्रतियोगितामा नेपाल समूह ए मा भारत, पाकिस्तान र श्रीलंका रहेकै समूहमा परेको हो।

अर्को समूहमा युएई, ओमान, बंगलादेश र अफगानिस्तान छन्। इमर्जिङ् टिम्स एसिया कपमा टेष्ट राष्ट्रका यू–२३ ले खेल्नेछन्।

गत वैशाखमा नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको शीर्ष तीनमा रहेका नेपाल, यूएई र ओमानले एसोसिएटको प्रतिनिधित्व गरी इमर्जिङ एसिया कप खेल्न पाएका हुन्।

पाँच टेष्ट टिमले भने आफ्नो २३ वर्ष मुनिको टिम पठाउनेछन्।

नेपालले सन् २०१६, २०१७ र २०१९ गरी तीनपल्ट इमर्जिङ टिम्स एसिया कप खेलेको छ। सन् २०१९ यता प्रतियोगिता भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =