वेष्ट इण्डिजविरूद्ध करण केसीले दिलाए नेपाललाई पहिलो सफलता
२०८० असार ७ गते

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।
२०८० असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








