विकेटविहीन सन्दीप
२०८० असार ५ गते

काठमाडौं । जिम्बाबेमा जारी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा नेपालका सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भएका छन् ।
मंगलबार अमेरिकाविरुद्ध भइरहेको खेलमा पनि सन्दीपले विकेट लिन सकेनन् । उनले १० ओभरमा ५८ रन दिए भने विकेट लिन सकेनन् ।
विपक्षी ब्याट्सम्यानले सन्दीपविरुद्ध एक छक्का र ६ चौका प्रहार गरेका थिए । सन्दीपले २८ बलमा रन दिएनन् । यसअघि पहिलो खेलमा जिम्बाबेविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन् ।
२०८० असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








