लक्ष्मी बैंकद्वारा समान हैसियतमा सनराइजसँग मर्ज हुने प्रस्ताव पारित
२०८० असार ३ गते

काठमाडौँ । लक्ष्मी बैंककाे आइतबार सम्पन्न विशेष साधारण सभाले सनराइज बैंकसँग समान हैसियतले मर्ज गर्ने प्रस्ताव पारित गरेकाे छ ।
साधारण सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हाे ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात वृद्धि हुने शेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैङ्कको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैङ्कको लक्ष्य रहेको छ ।
२०८० असार ३ गते
प्रतिक्रिया








