राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
२०८० जेठ ३१ गते

राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका पौडेल आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए ।
डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि मंगलबार बिहान ७ बजे बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए ।
हृदयघात भएको थाहा पाएपछि ‘एन्जिओप्लाष्टि’ गरेर मुटुको बन्द धमनी खुलाइएको र उपचार गरिएको अस्पताल स्रोतले बताएको थियो ।
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित









