सहकारी हिनामिना आरोप लागेपछि बेपत्ता ढोरपाटनका मेयर नेपाली एमालेबाट निलम्बित

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेर बेपत्ता भएका बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।

बागलुङ र पोखरामा रहेको इमेज सहकारीको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपालीलाई एमालेको प्रदेश कमिटीले निलम्बन गर्ने निर्णय गरेको सचिव धनन्जय दवाडीले जानकारी दिए । नेपालीले प्रारम्भिक अनुसन्धानमा २ अर्ब अपचलन गरेको देखिन्छ ।

सहकारीका बागलुङ र पोखराका बचतकर्ताले प्रशासनमा उजुरी दिएका छन् । उनलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाउन सूचना जारी गरिसकेको छ । नेपाली आइतबारदेखि सम्पर्क विहीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =