गाँजा र घरेलु रक्सी खुला गर्न गण्डकीका मुख्यमन्त्रीको चासो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजालाई औषधीय प्रयोगमा खुला गर्नुपर्ने बताएका छन् ।

गृहजिल्ला भ्रमणको क्रममा गोरखा पुगेका पाण्डेले गाँजा सहित घरेलु मदिरालाई वैध बनाएर प्रदेशलाई सवल वनाउनुपर्ने धारणा राखेका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गाँजा जुन छ, त्यो लागू औषध हो कि औषधी हो ? त्यसको बारेमा बहस हुनुप¥यो भन्ने मलाई लाग्छ । यदि यो औषधी पनि हो भने नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधीको रुपमा किन प्रयोग नगर्ने भनेर हामी सोचिराखेका छौं ।’

गाँजा र घरेलु मदिरा खुला गर्ने वहस अहिले देशव्यापी भएकोले गण्डकीले नै थालनी गर्न सके राम्रो हुने उनको तर्क छ । गण्डकी सरकारले नै सञ्चालनमा ल्याएको गण्डकी विश्वविद्यालयले पनि घरेलु रक्सीलाई ब्राण्डिङ गर्न अनुसन्धान गरिरहेको छ ।

केही महिनाभित्रै अन्तिम रिपोर्ट आउने विश्वविद्यालयले जनाएको छ । पाण्डेले सकारात्मक रिपोर्ट आए सरकारले कार्यान्वयनका लागि केन्द्रसँग समन्वय गर्ने बताए । ‘स्थानीय रुपमा अल्कोहल उत्पादन भैरहेका छन् ।

हरेकका घरमा घरेलु मदिरा उत्पादन भएको छ तर अवैध छ,’ उनले भने, ‘बरु यसलाई लिगलाइज गर्ने र रिफाइन गर्ने किसिमबाट अगाडी बढाउन सकियो भने सानो सानो उद्योगको रुपमा त्यो गाऊँघरमा स्थापित हुन्छ र क्वालिटीमा लैजान पनि सकिन्छ ।’

गाँजा र घरेलु रक्सी खुला गर्न सके ग्रामिण क्षेत्रका नागरिकहरुको जिवनस्तर उकासिने पाण्डेको तर्क छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =