जारी खेलमै डिएल मेथडमा नेपाल अगाडि !

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ । यसैक्रममा नेपाली ब्याट्सम्यान मैदानमा संघर्ष गरिरहेको देखिएको छ ।
नेपाली ब्याट्सम्यान युएईका बलरविरुद्ध खुलेर खेल्न सकिरहेका छैनन् तर गुलशन झा र भिम सार्कीले साझेदारी बनाएर खेलिरहेका छन् । नेपालले अहिलेसम्म तीन विकेट गुमाएको छ । २६ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर ८८ रन बनाएको छ ।
अहिले गुलशन झा ४९ रन बनाएर खेलिरहेका छन् भने उनलाई भिम सार्कीले ३० रन बनाएर साथ दिइरहेका छन् । नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए । युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिएका छन् भने आयान अफजल खानले एक विकेट लिएका छन् ।
अब २० ओभरको खेल सकिएसँगै वर्षाले खेल हुन नसक्ने अवस्थामा गाक वर्थ लुइस नियमबाट खेलको निर्णय हुनेछ । २० ओभरसम्मको डिएल मेथड अनुसार नेपालले ३ विकेट गुमाएको अवस्थामा ४६ रन लक्ष्य तय हुनेछ जसमा नेपाल अहिले २२ रनले अगाडी रहेको छ । तर अहिले टियु मैदान क्षेत्रको मौसमको अवस्था हेर्दा यो खेल पुरा हुनसक्ने अनुमान गर्न सकिन्छ ।








