केहीबेर रोकिएको नेपाल र युएईबीचको फाइनल सुरु

काठमाडौँ । नेपाल र युएईबीचको फाइनल खेल पुनः सुरु भएको छ । एसिसी प्रिमियर कप अन्तर्गत टियु मैदानमा वर्षाका कारण रोकिएको फाइनल खेल पुनः सुरु भएको हो ।

आजको खेलमा युएईले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।  युएईले अहिलेसम्म आफ्ना शीर्ष ५ विकेट गुमाएको छ । युएईका ब्याट्सम्यान रोह मुस्तफा २, रमिज शाहजादले १,  आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि करण केसीले २ विकेट लिए भने सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एल एक विकेट लिएका छन् । यो समाचार तयार गरुन्जेल युएईले १८ ओभरमा ५ विकेट गुमाएर ७६ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =