करणले लिए व्यक्तिगत दोस्रो विकेट, ३५ रन बनाउँदा युएईलाई तेस्रो क्षति

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा नेपालले तेस्रो विकेट लिएको छ । नेपालका लागि करणले १३ रन बनाएर खेलिरहेका आर्यन लाक्रालाई आउट गरेका हुन् । करणले यस खेलमा दुई विकेट लिइसकेका छन् भने सोमपालले एक विकेट लिएका छन् ।

यसअघि युएईका ब्याट्सम्यान वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले ९ ओभर सकिँदा ३ विकेट गुमाएर ३५ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =