राजस्थानमाथि मुम्बईको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले राजस्थान रोयल्समाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थानले दिएको २१३ रनको लक्ष्य पछाएको मुम्बईले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

मुम्बईको जितमा सूर्यकुमार यादवले सर्बाधिक ५५ रन बनाए भने टिम डेविडले १४ बलमा ४५ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ४४, तिलक बर्माले २९, इशान किशनले २८ रन बनाएका थिए । राजस्थानका बलर आर आश्विनले २ विकेट लिए भने ट्रेन्ट बोल्ट र सन्दीप शर्माले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । राजस्थानका लागि यजश्वी जैसवालले १२४ रनको शतकीय पारी खेलेका थिए । जैसवालले ६२ बल खेल्दै १६ चौका र ८ छक्का प्रहार गरेका थिए ।

त्यस्तै जोस बटलरले १८, कप्तान सन्जु सामसनले १४, जासन होल्डरले ११ रन बनाएका थिए । मुम्बई इण्डियन्सका बलर अर्शद खानले ३ विकेट लिए भने पियुष चावलाले २ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चर र रिले मेरेडीथले एक एक विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =