संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट बनाउन सक्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपालमा शिक्षाको उद्देश्य स्पष्ट नरहेको बताए ।

आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले शिक्षाको स्पष्ट उद्देश्य तय गर्न अझै नसकेको बताए । उनले संघीय शिक्षा ऐन नआउँदा धेरै प्रश्न खेपिरहेको उल्लेख गर्दै संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य स्पष्ट पार्न नसक्ने दाबी गरे ।

उनले शिक्षाको सैद्धान्तिक उद्देश्य के हो भन्ने बारेमा संघीय शिक्षा ऐनले स्पष्ट पार्न नसक्ने बताए । उनले निजी क्षेत्रमा राम्रो शिक्षा प्रदान हुन्छ भन्नेकुरा पनि पछिल्लो समय खस्कँदै गएको बताए ।

उनले भने ‘नेपालमा शिक्षाको उद्देश्य स्पष्ट छैन । राज्यले शिक्षाको उद्देश्य तय गर्न सकेको छैन । संघीय शिक्षा ऐन नआएको भनेर व्यापक रुपमा प्रश्न खेपिरहनु परेको छ । त्यो आएपनि त्यसले उद्देश्य तय गर्ने स्थिति देखिरहेको छैन । खालि प्रशासनिक ढंगबाट कसरी तौरतरिका मिलाउने भन्ने सम्बन्धी मात्रै छ । संघमा गएको प्रदेशले के गर्ने, पालिकाले के गर्ने ? यसको सैद्धान्तिक उद्देश्य के हो ? यसका बारेमा यो शिक्षा ऐन पनि स्पष्ट छ जस्तो मलाई लाग्दैन । राज्यको काम अहिले जम्मा एफिलेशन दिने मात्रै छ । त्यसलाई व्यवस्थित ढंगले कसरी चलाउने ? त्यसले राष्ट्रिय उद्देश्य कसरी पूरा गर्ने भन्ने छैन । एफिलेशन दिने मात्रै कुरा प्रधान हो भन्ने लाग्दैन । निजी क्षेत्रले राम्रो शिक्षा दिन्छ भन्ने थियो त्यो पनि बिग्रँदै गयो । किनभने छाता त सरकारकै नियन्त्रणमा हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =