वर्षाले नेपाल र कुवेतबीचको खेल रोकियो
२०८० वैशाख १६ गते

काठमाडौँ । नेपाल र कुवेतबीचको खेल रोकिएको छ । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । पिच र ३० र्यार्ड कभरले ढाकिएको छ ।
यस खेलमा लगातार तीन विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हालेका थिए । पौडेल ३० र मल्ल ३२ रन बनाएर खेलिरहेका थिए । यसअघि पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको नेपालले त्यसपछि ३ रन बनाउँदा तीन विकेट गुमाएको थियो ।
नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भएका छन् भने भीम सार्की १ रन बनाएर आउट भएका छन् । त्यस्तै आसिफ सेख ३१ रन बनाएर आउट भएका छन् ।
२०८० वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








