पृथ्वी राजमार्ग विस्तार गर्दा घाँसीकुवाको व्यवस्थापन गर्न पर्यो : स्वर्णिम वाग्ले
२०८० वैशाख १५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन् ।
शुक्रबार (आज) प्रतिनिधि सभाको शून्य समयमा पहिलो पटक बोल्दै वाग्लेले पृथ्वी राजमार्ग धुलाम्मे रहेको पनि बताए ।
वाग्ले भन्छन्, ‘जनस्वास्थ्यका दृष्टिले धुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसी कुवालगायत ऐतिहासिक तथा पुरातात्त्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु ।’
वाग्लेले वैशाख १० को उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद दिँदै मतदाताको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन नदिने समेत जिकिर गरे ।
नवनिर्वाचित सांसद वाग्लेले आज मात्र सांसदको शपथ लिएका हुन् ।
२०८० वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित









