गण्डकी प्रदेश : माओवादीबाट सुशिला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी मन्त्री बन्दै

काठमाडौँ । गण्डकी प्रदेशबाट माओवादीकी सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी मन्त्री बन्ने भएका छन् ।

गण्डकीमा नयाँ मुख्यमन्त्री नियुक्त भएसँगै पुनः सरकार गठनको तयारी सुरु भएको हो ।

मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अहिले मन्त्रालयको संख्या नबढ्ने बताइसकेका छन् ।

हाल गण्डकीमा ७ मन्त्रालय छ । यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो ।
पाण्डेले आज शपथ लिँदै छन् ।

उनले आफूसँगै थप मन्त्रीहरूलाई लिएर जान लागेका छन् ।

‘एक्लै नभई केही साथीहरू लिएर शपथ लिन्छु । गठबन्धन दलसँग समन्वय गरेर मन्त्रीपरिषद् विस्तार हुन्छ,’ उनले भने, ‘दलहरुबीच न्यूनतम साझा कार्यक्रम तय गर्छौँ र बजेटको पनि छलफलमा प्रवेश गर्छौँ ।’
अहिले बनेको गठबन्धन पूरै समय जाने र मुख्यमन्त्रीमा आलोपालो हुने पाण्डेको भनाई छ ।

उनले मन्त्रीपरिषद् विस्तारले छिट्टै पूर्णता पाउने समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =