एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेत भिड्ने
२०८० वैशाख १४ गते

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेल्ने भएको छ । कुवेत समूह बी को निर्णायक खेलमा हङकङलाई पराजित गरि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
समूह ए को विजेता नेपाल र बी को उपविजेता कुवेत भिड्ने छन्।
बिहिबार भएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि कुवेतले नेपालसँगको भेट पक्का गरेको हो।
अर्को सेमिफाइनलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई भिड्ने छन्।
दुबै सेमिफाइनल खेल शनिबार हुनेछ। एउटा खेल किर्तिपुरमा र अर्को मुलपानीमा एकसाथ सुरुहुनेछन्।
२०८० वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








