एसीसी प्रिमियर कपमा नेपालद्धारा कतार सामु सामान्य लक्ष्य

एसीसी प्रिमियर कपमा नेपालले कतारसामु झिनो लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ औं ओभरमा अलआउट हुँदै १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो। यो नेपालको पछिल्ला खेलकै खराब ब्याटिङ हो।

समुह चरणको अन्तिम खेलमा नेपालका कुनै पनि ब्याटर टिक्न सकेनन्। ंनेपालका लागि सर्वाधिक सन्दीप लामिछानेले नटआउट ४२ रनको योगदान दिए। तर ललित नटिक्दा सन्दीपको अर्धसतक हान्ने लक्ष्य पूरा भएन।

अन्तिम विकेटका लागि सन्दीप लामिछाने ललित राजवंशीसँग ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्दतमा ४२ रन जोडेका हुन्।

सन्दीपले करियर कै उच्च प्रर्दशन गरे। उनले कुनै पनि प्रतियोगितामा बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनको सर्वाधिक ३५ रन थियो।

कप्तान रोहित पौडेल २७ रन, आशिफ शेखले १९, दिपेन्द्र सिंह ऐरि १२ रन , सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कुशल भुर्तेत २ रनमा आउट हुँदा भीम सार्की पनि ६ रनमै क्याचआउट हुन पुगे।

कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए। ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट लिए।

अब केहीबेरमा कतारले जवाफी ब्याटिङ गर्ने छ।

नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। आजको खेल जितेमा विजेता र हारेमा समूह उपविजेताका रुपमा अन्तिम चारमा पुग्ने छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =