समूह विजेता बन्ने सोचमा रहेको नेपालले १०० रन नपुर्याउँदै ६ विकेट गुमायो
२०८० वैशाख १४ गते

काठमाडौँ । एसीसी प्रिमियर कपमा समूह ए को अन्तिम खेलमा नेपालले कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
यसैक्रममा नेपालले छैटौ विकेट गुमाएको छ । सोमपाल कामी ११ रन बनाएर आउट भएका छन् । यसअघि कुशल मल्ल ३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल २७, ओपनर आशिफ सेखले १९, भीम सार्कीले ६, र कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।
कतारका बलर गायन मुनावीरा र ओवासिस अहमदले २-२ विकेट लिए भने इक्रामुल्लाह अहमद र अमिर फारूकले एक एक विकेट लिएका छन् । अहिले आरिफ शेख र दीपेन्द्र सिंह ऐरी खेलिरहेका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले २१ ओभरमा ६ विकेट गुमाएर ६४ रन बनाएको छ
२०८० वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








