तनहुँमा आजै राती १२ बजेदखि मतगणना सुरु हुने
२०८० वैशाख १० गते

पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा आजै राती १२ बजेदेखि मतगणना गर्ने तयारी छ ।
अहिले मतपेटिका संकलनको काम चलिरहेको छ । राती नै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
गणनाका लागि जिल्ला समन्वय समितिको कार्यालयमा २ वटा कोठा तयार गरिएको छ ।
गणनास्थलमा तारजाली छ भने सिसी टिभी क्यामेरा जोडिएको छ । तनहुँको गणना मंगलबारसम्म सकिने ढकालको भनाई छ ।
मतपेटिका संकलन गर्न करिव ५ घण्टा लाग्ने बताइएको छ । आइतबार भएको निर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ । यहाँ १ लाख २३ हजार ३ सय ५ मतदाता थिए ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








