गण्डकीका मुख्यमन्त्रीको सम्पत्ति : पोखरामा घर, काठमाडौँमा घडेरी, चितवनमा रिसोर्ट

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले कार्यकालको उत्तरार्द्धमा सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री बनेको ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनि अधिकारीले विवरण बुझाएर सार्वजनिक गरेका थिएनन् । शुक्रबार उनले आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् । मन्त्रीहरूको विवरण भने अझै सार्वजनिक भएको छैन । यद्यपि माघ १२ गते नै विवरण बुझाएको दाबी उनले गरेका छन् ।

अधिकारीले बुझाएको विवरणमा पोखरामा घर, चितवनमा रिसोर्टको शेयर र काठमाडौँमा घडेरी देखिन्छ । यसबाहेक गाडी, सुन र बैंक मौज्दात पनि छ । पोखरा वडा नम्बर १२ मा उनको ६ आना जग्गामा बनेको घर छ । उक्त घर पैतृक सम्पत्तिबाट किनेको बताएका छन् । ८० लाखमा किनेको घरको मूल्य अहिले २ करोड पुगेको छ । चितवनमा निर्माणाधीन रिसोर्टमा २० लाख बराबर शेयर छ । उनले प्रभु बैंकबाट ऋण लिएर चन्द्रागिरि काठमाडौँमा ८ आना जग्गा किनेका छन् । उक्त जग्गा श्रीमती रमा पाण्डेको नाममा छ ।

उनकी श्रीमती प्रावि दरबन्दीको शिक्षक हुन् । उनको नाउँमा साबिक गण्डकी विकास बैंकमा २ हजार ४ सय ९९ कित्ता शेयर रहेको उल्लेख छ । सो सेयरको स्रोत कृषि आम्दानी भनिएको छ । उनले कृषिबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने बताएका छन् । अधिकारीले आमाको अंशबाट शेषपछि संयुक्त पुर्जाको पोखरा बेगनासको जग्गा देखाएका छन् । स्वआर्जनबाट १५ लाख रुपैयाँ नगद र ३ तोला सुन भएको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सहकारी र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन् ।

उनको नाउँमा ५० लाखको स्कारपियो छ । अग्रगामी कृषि फर्ममा श्रीमती रमा पाण्डेको नाममा १६ लाख लगानी छ । विभिन्न व्यक्तिहरूबाट उनले ३५ लाख ऋण लिएको देखाएका छन् भने १० लाख फिर्ता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =