मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकलाई ल्याण्डमार्क होटेल्स् एण्ड रिसोर्टमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि’ को विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने भएकाे छ ।

यस सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले ‘ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्ट प्रालि’ अन्तर्गतका विभिन्न स्थानमा (काठमाडौँ, पोखरा, चितवन) रहेका आफ्नो होटेलमा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने बताइएको छ ।

साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत रु २ करोड सम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पूरा गरेको ३ कार्य दिनभित्र सर्वसुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याइएको छ ।

इच्छुक ग्राहकले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेवसाइटमा गई अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =