सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको श्री हेल्थ केयर अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख श्री किरण राणा मगर तथा श्री हेल्थ केयर अस्पताल तथा प्रसुती गृह प्रालिका प्रबन्ध निर्देशक डा. मञ्जुबि सि शाहले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकले श्री हेल्थ केयरमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
यस सुविधाले ग्राहकलाई छुट उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएकाे बताएको छ । साथै बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।








