तनहुँमा राप्रपाकी उम्मेद्वारलाई ३ दिन जेल सजाए
२०७९ चैत २६ गते

पोखरा । तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेकी शोभा गुरुङलाई ३ दिन जेल सजाएँ सुनाइएको छ ।
चेक अनादर गरेको मुद्धामा उनलाई दोषी ठहर गर्दै पाटन उच्च अदालतले ३ दिन जेल सजाएँ सुनाएको हो। उनले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउँछिन् ।
यदी दोषी ठहर कायम रहे गुरुङ उम्मेद्वारबाटै बञ्चित हुनेछिन् । उनलाई १० लाख रुपैयाँ जाहेरीकर्तालाई बुझाउनुपर्ने, थप ४० हजार क्षतिपुर्ति कोषमा तिराउने आदेश भएको अदालतले जनाएको छ ।
न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको संयुक्त इजलासले जेल सजाएँ र जरिवानाको आदेश गरेको हो । उनी विरुद्ध लक्ष्मीकुमारी लिम्बुले जाहेरी दर्ता गराएकी थिइन् ।
२०७९ चैत २६ गते
प्रतिक्रिया
सम्बन्धित








