लखनऊसँग ५ विकेटले हार्यो हैदराबाद

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको छ । सनराइजर्सले दिएको १२२ रनको लक्ष्य पछाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
लखनउका लागि कप्तान केएल राहुलले ३५ रन बनाए भने क्रुनाल पाण्डेयले ३४ रन बनाएका थिए । त्यस्तै कील मायेर्सले १३ रन बनाएका थिए भने मार्कस स्टोइनिशले अविजित १० र निकोलस पुरनले अविजित ११ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।
सनराइजर्सका लागि राहुल त्रिपाठीले सर्बाधिक ३४ रन बनाए भने अनमोलप्रित सिंहले ३१ रन बनाए भने अब्दुल समादले २१, वाशिंटन सुन्दरले १६ रन बनाए । सनराइजर्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यस्तै लखनउका बलर क्रुनाल पाण्डेयले सर्बाधिक ३ विकेट लिए भने अमित मिश्राले २ विकेट लिएका थिए । त्यस्तै यश ठाकुर र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।
यो जितपछि लखनउले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ र ३ खेलमा ४ अंक भएको छ । त्यस्तै सनराइजर्स हैदरावादले भने लगातार दोस्रो हार बेहोरेको छ ।








